अविरल बर्षाका कारण रौतहटको जनजीवन प्रभावित, २ घर भत्कियो
रौतहट । तीन दिनदेखि परेको अविरल वर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । अबिरल वर्षाका कारण दुईवटा घर भत्किएर लाखौं बराबरको क्षति भएको छ । गढिमाई नगरपालिका ३ का रामजनम राउत र सत्रुघन ठाकुरको घर भत्किँदा ३ लाख बराबर क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
लगातारको बर्षाले गौर चन्द्रपुर बाहेक जिल्लाका प्रायः सबै स्थानीयतहको कच्ची बाटो हिलाम्मे भएर आवत जावतमा कठिनाइ भएको छ । लगातार बिहानदेखि बेलुकीसम्म परेको बर्षाका कारण अधिकांश मानिस घरमै बस्न बाध्य भएका छन् । जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया बजारमा रहेका सरकारी कार्यालयहरुमा जाने सेवाग्रहीको संख्या न्यून देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।
पटक–पटक भैरहेको बर्षाका कारण किसानले भदैया धान भित्र्याउन सकेका छैनन् । अविरल बर्षाका कारण खेतमा पानी जमेको र जिल्लाका अधिकांश किसानले लगाएको भदैया धान खेतमै कुहिन सुरु भएको किसानले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा