शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुुकुरले सुँघेर पत्ता लगाउँछ कोभिड–१९, पिसिआरभन्दा भरपर्दो नतिजा

बिहीबार, ०८ असोज २०७७, १४ : ०९
बिहीबार, ०८ असोज २०७७

एजेन्सी । कुकुुरले सुँघेर बिस्फोटक पदार्थ र ड्रग्स पत्ता लगाउने विषय नौलो होइन । विश्वका धेरै विमानस्थलमा यस्ता कुुकुर परिचालन गरिएका हुन्छन् । तर, फिनल्यान्डको हेलसिन्की विमानस्थलमा परिचालित १० वटा कुकुर साँच्चै अनौठा छन् । विमानस्थल सञ्चालक फिनाभियाकाअनुसार मंगलबारबाट सुुँघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरुको समूह यहाँ परिचालन गरिएको छ,युरोपमा कोरोना भाइरसविरुद्धको लडाँइमा कुुकुर प्रयोग गरिएको यो पहिलो अवसर हो । विश्वमा भने यस्तो प्रयोग दोस्रो हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक कोरोना पहिचानका लागि कुकुुर प्रयोग गरिएको थियो । 

‘कोभिड–१९ जित्नका लागि यो एक अतिरिक्त कदम हुनसक्छ,’ हेलसिन्की विमानस्थलका निर्देशक उल्ला लेट्टीजेफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  फिनाभियाकाअनुसार तालिमप्राप्त कुकुरहरुले १०० मोलेक्लुस वा त्यसभन्दा पनि कम कण पत्ता लगाउन सक्छन्, जो पिसिआर परीक्षणमा प्रयोग हुने १९ मिलियन मोलेक्लुसको दाँजोमा निकै कम हो ।  हेलसिन्की विश्वविद्यालयले गरेको अध्ययनअनुसार कुकुरले भाइरस पहिचान झन्डै १ सय प्रतिशत नै सही गर्छ । जबकी, पिसिआरले सही नतिजा दिने दर ६६ देखि ८० प्रतिशत छ । 

यसअघि दुुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सँुघेर कोरोना भाइरस पत्ता लगाउने कुकुरहरु यसरी नै परिचालन गरिएको थियो, जहाँ ९१ प्रतिशत सही नतिजा निस्किएको थियो । विमानस्थलका सञ्चालकहरुका अनुसार परीक्षण ल्याबको दाँजोमा कुकुुरले अझै चाडों अर्थात् संक्रमित व्यक्तिले लक्षण देखाउनुुअघि नै संक्रमित पहिचान गर्छ । 

कुकुरहरुलाई यस अपरेशनका लागि तालिम प्रदान गर्ने कम्पनी  वाइज नोजका सिइओ सुुसान्ना पाभिलाइनेनका अनुसार कुकुहरुको मुख्य प्रयोग देशबाहिरबाट आउने पर्यटकहरुको परीक्षणका लागि गरिन्छ ।  विमानस्थलमा परीक्षण गरिने यात्रुहरु कुकुरको प्रत्यक्ष सम्पर्कमा भने आउदैंनन् । बरु, यात्रुहरुले आफ्नै छाला कोट्टयाएर त्यसको नमूना एउटा कपमा हालिदिन्छ, त्यसपछि फरक वुुथमा रहेको कुकुर समक्ष यो लगिन्छ । परीक्षण वैकल्पिक हो र यात्रुहरु नाम पनि सार्वजनिक गरिदैंन, यात्रुहरुले आफ्नो स्वइच्छाले यसरी नमूना पठाइरहेका छन् । 

पोजेटिभ परीक्षण भएका यात्रुलाई विमानस्थलभित्रको सिटी हेल्थ इन्फर्मेसन पोइन्टमा पठाइन्छ ।  यस अपरेशनमा सहभागी अधिकांश कुकुरहरुले पहिले पनि सुँघेर पत्ता लगाउने काम गरिरहेका थिए । फिनाभियाका अनुसार अपरेशनमा सक्रिय कोस्सी नाम एक कुुकुुरले केवल ७ मिनेटमा सुँघेर कोरोना भाइरस पत्ता लगाउन सक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप