‘हुतुतु’ मा हरिबंश, आफै निर्देशन गर्दै सेन
काठमाडौ । निर्माण अगाडि चर्चामा रहन सफल फिल्म हो ‘हुतुतु’ । आशुसेन फिल्मस्को व्यानरमा निर्माण हुने यो फिल्म पूर्ण कमेडी विषयवस्तुमा बन्न लागेको हो ।
हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, सलोन बस्नेत, गौरव पहारीलगायतको मुख्य भुमिका रहने फिल्म छेतन गुरुङले निर्देशन तयारी गरेका थिए ।
गुरुङको केही दिन पहिले निधन भएको कारण अब फिल्मको निर्देशन निर्माता सेन आफैले गर्ने भएका छन् ।
‘हुतुतु छेतन र म मिलेर निर्देशन गर्ने कुरो भएको थियो’ सेनले भने ‘अब फिल्म एक्लै निर्देशन गर्छु ।’ छेतनले मृत्य अगाडि फिल्म आफैले गर्नु भनेको कारण पनि उनको चाहना पुरा गर्न फिल्म आफै गर्ने सोच बनाएको सेनले सुनाए ।
लेखन समेत छेतनले गरिरहेको फिल्मको स्क्रिप्टको केही काम बाँकी रहेको छ । जसका लागि केही सहकर्मी सहित केही दिनका लागि शुक्रबार काभ्रे जादैछन् । त्यहाँबाट फर्किएपछि फिल्मको घोषणा सहित छायाँकन मिति सार्वजनिक गर्न सेनले योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण