बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानाडामा कोभिड १९ संक्रमण दोस्रो चरणमा: प्रधानमन्त्री

बिहीबार, ०८ असोज २०७७, १८ : ०९
बिहीबार, ०८ असोज २०७७

एजेन्सी । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका हुन् । उनले बुधबार क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण प्रवेश गरेको जानकारी दिएका हुन् ।

उनले बुधबार यहाँको राष्ट्रिय टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भनेका छन्– ‘क्यानाडामा पनि यस संक्रमणको महामारी दोस्रो चरणमा प्रवेश गरेको छ ।’  उनले यहाँ दोस्रो चरण अर्थात् ‘सेकेन्ड वेब’ शुरु भइसकेको र अब देशमा यसको असर देखिनसक्ने भन्दै यसका लागि आवश्यक सतर्कता अपनाउन सबै देशबासीलाई आग्रह पनि गरे । 

क्यानाडामा हाल १ लाख ४७ हजारभन्दा बढी नागरिकमा यो सङ्क्रमण देखिएको छ । बीचमा यसको प्रकोप घटेको देखिएको भए पनि पछिल्ला केही हप्ताहरुमा यसका संक्रमित थपिएका छन् । यहाँका जनस्वास्थ्य विज्ञहरुले पनि क्यानाडामा दोस्रो चरणको संक्रमण शुरु भएको बताएका छन् ।  यहाँका अधिकारीहरुको तथ्यांकअनुसार गएको हप्तामात्र यहाँ सात हजार ५०० भन्दा बढी सङ्क्रमित देखिएका बताइएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप