शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकासको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट, यस्ता सेवा पाउने छ बैंकले नबिलबाट

बिहीबार, ०८ असोज २०७७, १८ : २३
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड  र नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त कामना सेवा विकास बैंक बीच संस्थागत परामर्श सेवा प्रदान गर्नेबारे सम्झौता भएको छ । 

सो सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सबिर वादे श्रेष्ठले हस्ताक्षर गरे । 

यो सम्झौताबाट कामना सेवा विकास बैंकले संस्थागत परामर्श सेवासम्बन्धि सेवाहरु यस कम्पनीबाट प्राप्त गर्न सक्नेछ । संस्थागत परामर्श सेवासम्बन्धि अन्य जानकारीहरु (संस्थागत परामर्श सेवा)भन्नाले विज्ञ तथा व्यवसायिक वित्तीय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ । अंग्रेजीमा यसलाई फाइनान्सियल एडभाइजरी अथवा कर्पोरेट एडभाइजरी पनि भनिन्छ । अथवा, फाइनान्सियल एडभाइजरी तथा वित्तीय कन्सलटेन्सीको काम नै संस्थागत परामर्श सेवा हो ।  

नविल इन्भेष्टमेन्ट बैंकिङ्गले वित्तीय क्षेत्रमा पुँजीको परिचालन, लगानीका सम्भावित क्षेत्रहरू, सम्भावित नाफा÷जोखिमको अवस्थिति/मुल्यांङ्कनलगायतका विषयमा परामर्श दिने गर्दै आएको छ । व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न पनि संस्थागत परामर्शदाताको आवश्यकता/खोजी हुने गरेको पाईन्छ । 

यसका साथै व्यवसायलाई आवश्यक पुँजीको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी/सहयोगी भूमिका निर्वाह गर्दछन् । 

विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । संस्थागत परामर्श सेवा आफैमा एउटा छुट्टै उद्योग हो ।

यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा राष्ट्रिय आय र उत्पादकत्वलाई बुद्धि गर्न सहयोग गरिरहेको हुन्छ । अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने परियोजना तथा कम्पनिलाई विभिन्न हिसाबले सहयोग गरी एउटा भिन्न पहिचान/मूल्य सिर्जना गर्न सक्षम भएकोले गर्दा नै यसको महत्व दिनानुदिन बढ्दै गएको पाइन्छ । 

वित्तीय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्य प्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायीहरुले व्यवसायिक रुपमा बढाउँदै लगेका छन् । परामर्श सेवा लगानीका क्षेत्रमा मात्रै सीमित नभई यसले वित्तीय क्षेत्रमा अन्य विबिध/धेरै सेवाहरु प्रदान गर्दछ । नाफामूलक संस्थाले मात्र नभएर गैह्र नाफामूलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन् । 

२०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएपछि संस्थागत परार्मश सेवाको औपचारीक सुरुवात भएको हो । नेपालमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले धितोपत्र बोर्डबाट अनुमति लिएर यो सेवा प्रदान गरिरहेको छ । 

संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट कामना सेवा विकास बैंकले यी सेवाहरू आफ्ना ग्राहकवर्गहरुलाई प्रदान गर्न सक्नेछ :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप