शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङका एसपी रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइयो

बिहीबार, ०८ असोज २०७७, १९ : ५७
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीलाई जिम्मेवारीबाट हटाइएको छ ।  रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा कार्यरत प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई काज सरुवा गरिएको छ । रेग्मीलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा सरुवा गरिएको छ । 

प्रहरी महानिरीक्षक शैलस थापा क्षेत्रीले बिहिबार दुई एसपीलाई परस्पर काज सरुवा गर्ने निर्णय गरेका हुन् ।  कार्यसम्पादन कमजोर भएका र आर्थिक विवादमा मुछिएका इन्चार्जलाई प्रहरी प्रमुख क्षेत्रीले जिम्मेवारीबाट हटाउँदै आएका छन् ।  यद्यपि, अबधि नपुगीकन रेग्मीलाई किन हटाइयो भन्नेबारे प्रहरी प्रधान कार्यालयले खुलाएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप