बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्या

बिहीबार, ०८ असोज २०७७, २० : ३६
बिहीबार, ०८ असोज २०७७

आठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर  आत्महत्या गरेका छन् । 

बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयवासी निस्किएका थिए । 

खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए ।

घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप