शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीका उपमुख्यमन्त्रीलाई कोरोना, बिहीबार अर्को अस्पताल सारियो

बिहीबार, ०८ असोज २०७७, २३ : ३७
बिहीबार, ०८ असोज २०७७

एजेन्सी । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाको स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । कोरोना पोजेटिभ देखिएको उनलाइे डेंगुले समेत सताएको बताइएको छ । उनको शरीरमा रक्त प्लेटलेटमा कमी भएको चिकित्सकहरुको भनाई छ । बुधबार लोकनायक अस्पताल भर्ना गरिएका उनलाई त्यहाँबाट म्याक्स अस्पताल सारिएको उपमुख्यमन्त्रीको कार्यालयले जनाएको छ । उनलाई बुधबार शरीरमा ज्वरो र अक्सिजनको स्तरमा कमी आएका कारण अस्पताल भर्ना गरिएको कार्यालयले जनाएको छ । उनलाई पछिल्लो २४ घण्टामा निकै उच्च ज्वरो आएको थियो । उनको दोहोर्याएर गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना हुनुभन्दा पहिले १३ सेप्टेम्बरमा पनि उनलाई ज्वरो आएको थियो, जसका कारण उनी कुनै सभा सम्मेलनमा समेत सहभागी हुन सकेनन् । कोरोना पोजेटिभ देखिएपछि उनले १४ सेप्टेम्बरको साँझ ट्वीटरमार्फत जानकारी दिएका थिए । कोरोना पुष्टि हुने दिल्ली सरकारका मन्त्रीहरुमा मनिष दोश्रो मन्त्री हुन् । यसभन्दा पहिल दिल्लीकै स्वास्थ्यमन्त्री सत्येन्द्र जैन कोरोना संक्रमित भएका थिए । लोकनायक अस्पतालका निर्देशक डा.सुरेशकुमारले उपमुख्यमन्त्री मनिषलाई ज्वरो आएको बताए । उनले मनिषको अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

 बरिष्ठ समाजवादी नेता शरद यादव अस्पताल भर्ना 
 भारतका बरिष्ठ समाजवादी नेता शरद यादवको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि अस्पताल भर्ना गरिएको छ । नेता यादवलाई नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो । उनलाई अहिले आइसीयूमा राखिएको छ । बिहीबार उनले डाक्टरहरुसँग कुराकानी गरी स्वास्थ्य सुधारको अपेक्षा गरेका थिए । बुधबार अस्पताल भर्ना भएको उनको किड्नीमा खराबी आएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप