शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

शुक्रबार, ०९ असोज २०७७, ०६ : ४८
शुक्रबार, ०९ असोज २०७७

कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिए । हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको कोरोनामुक्त हुनेको सङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप