शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हप्तामा दुई दिन बिदा प्रस्ताव, अध्ययन कार्यदल गठन

शुक्रबार, ०९ असोज २०७७, ०७ : १८
शुक्रबार, ०९ असोज २०७७

पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्तो प्रस्ताव लैजाने तयारी गरेको हो ।

मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बिहीबार मन्त्रालयमा बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेको हो ।

त्यसका लागि पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहने गरी समितिसमेत गठन गरिएको छ ।

उक्त समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताव तयार गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । बिहीबारको बैठकले पशुपति र लुम्बिनी सङ्ग्रहालय खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पेस गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप