बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चीनलाई भारतको चेतावनीः यदि पिएलएका सैनिक अघि सरे भारतले गोली चलाउनेछ

शुक्रबार, ०९ असोज २०७७, ०९ : ४३
शुक्रबार, ०९ असोज २०७७

चीनलाई भारतले पिएएलका सैनिक अघि बढे चारतीय सैनिकले उनीमाथि गोली चलाउने सक्ने भन्दै चेतावनी दिएको  छ ।

द हिन्दूको एक रिपोर्टमा भारतीय शीर्ष अधिकारीले सो कुरा भनेका हुन् ।

अधिकारीले भने, ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनुहुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’

पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ ।

भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् । भारतीय अधिकारीले भारतले सीमामा आफ्नो बलियो उपस्थिती स्थापित गर्ने बताएको छ ।

 उनले भने, ‘हाम्रो धारणा स्पष्ट छ, चीन पहिला आएको थियो त्यसैले चीन नै पहिले हट्नुपर्छ ।’

भारत र चीनका सैनिकबीच जूनमा गलवान घाटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहट भएका सैनिकको संख्या जारी गरेको छैन । मिडिया रिपोर्टमा चीनका सैनिक मारिएको पनि दाबी गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप