शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति : असोज २५ गतेभित्र परीक्षा तालिका प्रकाशन गरिने

शुक्रबार, ०९ असोज २०७७, ०९ : ४६
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ ।

त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो ।

उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ ।

यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ ।

यता नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप