सुदूरपश्चिम प्रदेशमा ५ हजार ८५५ कोरोना संक्रमणबाट मुक्त
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसको संक्रमणबाट निको हुनेको संख्या ५ हजार ८५५ पुगेको छ । बिहीबार विभिन्न अस्पतालबाट ८ र अपडेट नगरिएका ५७ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ५ हजार ८५५ पुगेको हो ।
निको भएर घर गएका मध्ये अछाममा ९१६, बैतडीमा ३२८, बझाङ्गमा ३८९, बाजुरामा ४५१, डडेल्धुरामा ३१६, दार्चुलामा ४६, डोटीमा ९३६, कैलालीमा १७४४ र कञ्चनपुरमा ७२९ रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । कैलालीका २४, डडेल्धुराका १, डोटीका ४, बझाङ्गका ७ र बैतडीका १० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
सकृय संक्रमितमा अछाममा १००, बैतडीमा ७९, बझाङ्गमा ९५, डडेल्धुरामा १६, दार्चुलामा ३१, डोटीमा १३२, कैलालीमा ४७६ र कञ्चनपुर ३३ जना रहेका छन् । विभिन्न अस्पतालहरुमा ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १५, टीकापुरमा ९, महाकालीमा १३, अछाममा १०, डोटीमा २, डडेल्धुरा अस्पतालमा ३ जनाको उपचार भइरहेको छ । शंकास्पद १४ जना आईसोलेसनमा छन ।
प्रदेशका ९ वटै जिल्लामा ९९ आइसोलेसन सेन्टरमा २ हजार ५६४ बेडहरु छन् । सो बेडमा २ सय ९७ पुरुष र १ सय १६ महिला र होम आईसोलेसनमा १ सय ९९ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ ।
८० हजार ६८ नमुना जोच मध्य ६ हजार ८३० जनामा संक्रमण फेला परेको छ भने भने ७३ हजार २३८ नमुना भने नेगेटिभ आएको छ । अझै १ हजार १४२ नमुनाको रिजल्ट आउन बाकी रहेको छ । मृत्यु हुने संक्रमितको संख्या पनि १३ पुगेको कार्कीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान