शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा मौसममा सुधार, डुबानमा परेकालाई राहत, हेरौँ केही तस्विर

शुक्रबार, ०९ असोज २०७७, ११ : १०
शुक्रबार, ०९ असोज २०७७

लगातारको वर्षापछि काठमाडौँ उपत्यकाको मौसममा शुक्रबार सुधार भएको छ । मौसममा सुधार भएसँगै उपत्यकाका आकाशहरु खुला देखिएका छन् । केही दिन यता लगाताररुपमा परेको पानीका कारण उपत्यकाका धेरै स्थानहरु डुबानमा परेका थिए । शुक्रबार बिहानदेखि मौसममा सुधार आएसँगै डुबान क्षेत्रमा परेको स्थानीयले केही राहत महसुस गरेका छन् ।


यद्यपि, जल तथा मौसम विज्ञान विभागले भने अझै केही दिन वर्षा जारी रहने जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भू–भागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पूर्व सर्दैछ। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हेरौँ काठमाडौँमा मौसम सुधार आएपछिका दृश्यहरुः

तस्विरहरुः कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप