शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचारमा जुट्दै ‘गुञ्जन’

शुक्रबार, ०९ असोज २०७७, ११ : ५५
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । सरकारले धेरै क्षेत्रको प्रतिबन्ध हटाएपनि फिल्म क्षेत्रमा भने प्रतिबन्ध कायम नै छ । सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध हटाएर रिलिजको वातावरण बनाउनु पर्ने माग फिल्मकर्मीहरुले गरिरहेका छन् ।

यस्तैमा निर्देशक अष्ट महर्जनले पनि सरकारले फिल्म रिलिजको वातावरण बनाउनु पर्ने बताउदै आएका छन् । वातावरण बने फिल्म ‘गुञ्जन’ आफुले रिलिज गर्ने महर्जनले सुनाए ।

द्वन्द्वबाट फिल्म निर्देशनमा डेब्यु गरेका महर्जन निर्देशित फिल्म ‘गुञ्जन’ अहिले प्राबिधिक कार्यको अन्तिम चरणमा छ । कोरोनाको माहोल साम्य हुने बितिकै फिल्म रिलिज गर्ने बताउने महर्जन अहिले यसको प्रचारमा जुटेका छन् । केही दिन भित्रै टिजर सार्वजनिक गरेर फिल्मको प्रचार थाल्ने उनले बताए ।

‘फिल्म रिलिज यो दिन हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन,’ निर्देशक महर्जनले भने ‘प्रचारप्रसार गर्दै गर्यो भने सहज वातावरण हुने बितिकै फिल्म रिलिज गर्न मिल्छ ।’

विगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय महर्जनले विशुद्ध प्रेमकथा र एक्सन मिसाएर ‘गुञ्जन’ बनाएका हुन् ।

फिल्ममा प्रितमराज सेन्चुरी, सारा सिर्पाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको समेत आइटम डान्स रहेको छ । नीताले फिल्मको ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप