बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको म्युटेसन : थप संक्रामक बन्नसक्ने नयाँ अध्ययनको निष्कर्ष

शुक्रबार, ०९ असोज २०७७, १४ : ५३
शुक्रबार, ०९ असोज २०७७

कोभिड १९ भाइरसले महामारीका दौरान निरन्तर  स्वरुप बदलिरहेको छ र विज्ञहरुले यो थप संक्रामक बन्नसक्ने अनुमान लगाएका छन् । अमेरिकामा गरिएको अध्ययनका क्रममा भाइरसका ५ हजार जेनेटिक सिक्वेन्सहरुको विश्लेषण गरिएको थियो, यसक्रममा यसले निरन्तर स्वरुप परिवर्तन गरेको र फैलिरहेको देखियो ।

अमेरिकाको नेशल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेसका भिरोलोजिस्ट डेभिड मोरेन्सले यस अध्ययनलाई आवश्यकताभन्दा धेरै व्याख्या गर्न नमिल्ने बताए । यद्यपी, जनस्वास्थमा देखिएका अवरोधहरुका(जस्तै, सामाजिक दूरी पालना नहुनु) कारण भाइरसले बलियो प्रतिक्रिया देखाउनसक्ने उनले बताए । उनले भ्याक्सिन उपलब्ध भइसक्दा पनि भाइरसले स्वरुप बदल्ने क्रम जारी नै रहनसक्ने बताए ।

अमेरिकामा पछिल्ला दुुई सातायता फेरि कोभिड १९  संक्रमणको घटना बढ्दो छ । २० वटा राज्यमा ५ प्रतिशतले संक्रमण बढेको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ ।

बुधबार यहाँ एकैदिन ३८ हजार २ सय ४ जनामा संक्रमण देखियो । यससँगै अमेरिकामा संक्रमित हुनेको संख्या ७० लाख आसपास  पुुगेको छ । मंगलबार मृत्यु हुनेको आँकडा २ लाख नाघेको थियो । अमेरिकामा दैनिक ३ सयदेखि १ हजारसम्मको मृत्यु भइसकेको छ ।

जनस्वास्थ विद्हरुले स्कुल र कलेज फेरि खोल्ने निर्णयले संक्रमितको संख्या बढाउनसक्ने चेतावनी दिएका छन् ।

स्रोत : द गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप