बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डलर साट्न बोलाएर ५ लाख लुटपाट

शुक्रबार, ०९ असोज २०७७, १७ : ११
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । नेपाली पैसासँग सस्तोमा डलर साट्न बोलाएर गोरखा घर भई धापासी बस्ने शुदर्शन थापालाई ३ जना मिलेर लुटेका छन् । बिहीबार सूर्यविनायक नगरपालिका–२ बालकोट स्थित रोज भिलेजमा बोलाएर उनीहरुले ‘डलर हो’ भन्दै कागजको पोको दिएर ५ लाख लुटेर भागेका हुन् ।

पोर्चुगल बसेर फर्केका ३० वर्षीय थापालाई लुटेरा समूहले सस्तोमा डलर साट्दा ५० प्रतिशत फाइदा हुने भन्दै नाफा बाँड्ने आश्वासन दिएका थिए । सो लोभमा धापासीबाट बालकोट पुगेका थापाले उल्टै ५ लाख गुमाए ।

लुटपाटमा संलग्न मध्ये एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले रातोपाटीलाई बताए । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप