बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चपुरबाट २ लाख ४४ हजारसहित १९ जुवाडे पक्राउ

शुक्रबार, ०९ असोज २०७७, १७ : १७
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ लोहारपुरबाट जुवा खेलिरहेको अवस्थामा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट २ लाख ४४ हजार १ सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीय तेजबहादुर ऐरको घरमा जुवा खेल्ने २८ वर्षीय एकिन्द्र सुनारसहितका १९ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । जुवाखालबाट १३ वटा तासको गड्डी बरामद गरिएको छ । उनीहरुमाथि जुन ऐनअनुसार कारवाही गरिने कञ्चनपुर प्रहरीले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप