शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु

शुक्रबार, ०९ असोज २०७७, १७ : २०
शुक्रबार, ०९ असोज २०७७

बुटवलको कोरोना अस्पतालमा थप एक जना कोरानासंक्रमित पुरुष मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१० का ७२ वर्षीय पुरुषको साँझ ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । 

उनी आज बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । लामो समयदेखी मिर्गौलाको समस्याबाट पीडित पुरुषको उपचार गर्दा गर्दै आज दिउँसो मृत्यु भएको हो । 

उनको मृत्युसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप