केन्द्रीय संस्करण

एभरेष्ट बैंकका ग्राहकहरूले होटल अलफ्टमा १५% छुट पाउने

person explore access_timeअसोज ९, २०७७ chat_bubble_outline0

काठमाडौं । एभरेष्ट बैंकले होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको छ । होटल अलफ्ट ठमेल एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाइनका लागि प्रख्यात रहेको छ ।
 
यस सहकार्यअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले फूड, वेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मुल्यमा १५% छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक(अ वे सेवामा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भएलगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ । 

यस सम्झौताअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.