अनसनस्थलमै पुगेर नेविसंघले जनायो डा. केसीको सत्याग्रहप्रति ऐक्यबद्धता
काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डा.गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यबद्धता प्रकट गरेको छ। त्रिवी शिक्षण अस्पताल महराजगञ्जको अनसनस्थलमा पुगेर नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना र महामन्त्रीहरु युवराज पाण्डेय , बलदेव तिमल्सिना, उर्मिला थपलिया र दिपक भट्टराई लगायतले ऐक्यबद्धता प्रकट गरेका हुन् ।
स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा नागरिकको स्वास्थ्यमा सहज पहुँच र विपन्न विद्यार्थीले सुलभ तरिकाले चिकित्सा शिक्षा हाँसिल गर्न पाउँनु पर्दछ भन्दै डा.केसी १२ दिनदेखि आमरण अनसनमा छन् ।
नेविसंघले डा. केसीले उठाऊनु भएका मागप्रति पुर्ण ऐक्यबद्धता जनाउदै उनको जीबन रक्षाको निम्ति सरकारसँग अपिल पनि गरेको महामन्त्री तिमिल्सिनाले बताए ।
डा. केसीले ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ नगरपालिका ६ स्थित बाबिरामष्ट मन्दिरमा २९ भदौमा अनशन थालेका थिए । अनसनको आठौं दिनमा डा. केसी जुम्लाबाट शिक्षण अस्पताल आएका फर्किएका थिए ।