बेलायतमा दैनिक रुपमा महामारी शुरु भएयताकै धेरै सङ्क्रमित

एजेन्सी । बेलायतमा पछिल्ला दिनहरुमा धेरै जना सङ्क्रमित भेटिन थालेका छन् । यहाँका अधिकारीहरुले बेलायतमा महामारी शुरु भए यताकै धेरै सङ्क्रमित एक दिनमा भेटिन थालेका अधिकारीहरुले जनाएका छन् ।
उनीहरुका अनुसार बिहीबार मात्र त्यस अघिको २४ घन्टामा यहाँ ६ हजार ६३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो यहाँ सङ्क्रमण शुरु भए यताको ठूलो संख्या हो । यो समेत गरी यहाँ सङ्क्रमितको जम्मा संख्या पनि ४ लाखभन्दा बढी पुगेको छ ।
यहाँको जनस्वास्थ्य कार्यालयले बेलायतमा ४ लाख १६ हजार ३६३ जना सङ्क्रमित पुगेका बिहीबार जानकारी गराएको समाचारमा जनाइएको छ । बिहीबार ४० जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो समेत गरी बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ९०२ पुगेको बताइएको छ ।
बुधबार पनि यहाँ ६ हजार १७८ जना नयाँ संक्रमित भेटिएका थिए । त्यस दिन यहाँ ३७ जनाको ज्यान गएको थियो । बेलायतमा दोस्रो चरणको संक्रमण देखिएको यहाँका जनस्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
जेसिवी प्रयोग गरेर पुरिएको गाडी खोजिदै
-
नेतृत्व चयन प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्छ : हरिबोल गजुरेल
-
लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनले १६ मुद्दा हेर्न नभ्याइने
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा
-
तीन जनाको नाम बोकेर अर्थमन्त्री हिँडे बालुवाटार