जनकपुरमा राजश्व टोलीद्वारा सुनचाँदी पसलमा छापा
शुक्रबार, ०९ असोज २०७७, २० : १८
जनकपुर । जनकपुरमा सुनचाँदी बजारमा राजश्व कार्यलयले छापा मारेको छ । शुक्रबार राजश्व कार्यालय पथलैयाबाट आएको एक टोलीले प्रदेश नम्बर दुईको अस्थायी राजधानी जनकपुरको पुरानो बजारस्थित सुनचाँदीका केहि पसलमा छापा मारेको हो ।
गोप्य उजुरीको आधारमा राजश्व कार्यालयको टोलीले सुनचाँदी पसल तथा कारखानामा छापा मारी आवश्यक कागजात लगायतको सामग्री लगेको जनाइएको छ । राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीको नेतृत्वमा रहेको टोलीले १० वटा सुनचाँदी पसल तथा कारखानामा छापा मारेको हो ।
ती सुनचाँदीका पसल तथा कारखानाका कागजातहरु अनुसन्धानका लागि लगेको राजश्व कार्यालय पथलैयाका प्रमुख राजन बिसीले जनाए । उनले अनुसन्धान गरि पुनः उनीहरुको कागजात बुझाइने जानकारी दिए । कुनै कमी कमजोरी देखिए कारबाही प्रकृया समेत अगाडी बढाइने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
फास्ट ट्रयाक समयमै सम्पन्न गर्न समितिको सरकारलाई निर्देशन
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न थप निकायलाई परिपत्र