मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रेमिट्यान्स बढ्ने क्रम रोकिएन, साउनमा मात्रै ९२ अर्ब भित्रियो

शुक्रबार, ०९ असोज २०७७, २० : ४०
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । रेमिटेयान्सको आप्रवाह साउन महिनामा समेत अत्यधिक देखिएको छ । जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैंया भित्रिएको रेमिट्यान्सको आप्रवाह साउन महिनामा समेत उस्तै देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै बैधानिक च्यानलबाट ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशत बढी हो । 

असार महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको असार महिनाको तुलनामा १० प्रतिशत मात्रै बढी थियो । आर्थिक वर्षको अन्तिम महिना भएकोले असारमा रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा धेरै हुने भए पनि साउन भने तुलनात्मक रुपमा कम रेमिट्यान्स आउँथ्यो । 

अघिल्लो वर्ष करिब ७५ अर्ब ४० करोड मात्रै नेपाल आएको थियो । सो वर्ष रेमिट्यान्स २ प्रतिशत मात्रैले बढेको थियो ।  डलरमा आएको रेमिट्यान्स यो महिनामा १४ प्रतिशतले बढेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप