शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान

शनिबार, १० असोज २०७७, ०७ : १७
शनिबार, १० असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र  रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही  प्रदेश न. १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको जनाएको छ । 

यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५,  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुर्इ स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ । 

यस्तै, प्रदेश नं १ र  प्रदेश नं २ को एक, दुर्इ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

यता, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुर्इ स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

भने, प्रदेश नं १ र गण्डकी  प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप