शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा दम्पतीमाथि आक्रमण, श्रीमतीको हत्या

शनिबार, १० असोज २०७७, ०९ : ०६
शनिबार, १० असोज २०७७

रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आक्रमण गरिएको छ । ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु भएको छ । 

हत्यामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले रातोपाटीलाई बताए । 

आक्रमणमा परेर गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । 

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए । प्रजित र सोनालाल दाजुभाई हुन् । घटनामा संलग्नहरु अन्य ३ जनाको खोजी भइरहेको प्रहरी उपरिक्षक शाहले बताएका छन् । 

साँझ साढे ८ बजेतिर गाउँमा गफ गरेर बसिरहेको बेला खुकुरीले लिएर आएका समूहले महेशलाई मार्ने धम्की दिए । त्यसपछि सो समूह गाउँको दक्षिणतिर लाग्यो । 

महेशले तत्काल ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका इन्सपेक्टर मेदनी शाहलाई फोन गरे । तर, घटनास्थलमा प्रहरी पुगेन । धम्की दिएको आधा घण्टापछि सो समूह फर्केर महेश दम्पतीमाथि आक्रमणमा उत्रियो । श्रीमानलाई बचाउन खोज्दा जगरामी देवीको हत्या भयो । उनको टाउको र घाँटीमा चोट लागेको छ । गाउँलेले होहल्ला गरेपछि आक्रमणकारी भागेका थिए । 

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई धम्की दिँदै आएको थियो । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरिको प्रारम्भिक निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप