शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – हङकङमा बेलायती शासन अन्त्य गर्ने सहमति

शनिबार, १० असोज २०७७, १० : ४६
शनिबार, १० असोज २०७७

आज २६ सेप्टेम्बर । 
१९८४ को यही दिन हङकङमाथिको बेलायतको १ सय ५० वर्षे अधिपत्य समाप्त गर्ने विषय सहमतिमार्फत टुुंगोमा पुुगेको थियो । चीन र बेलायतबीचको सहमतिमा दुुई महत्त्वपूर्ण कुरा समावेश थिए – बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तण गर्ने, कम्युनिष्ट राज्य चीनको अधीनमा भएपनि स्वायत्ततासहितको पुँजीवादी शासन व्यवस्था हङकङमा कायमै रहने । 

दुुई वर्षसम्म चलेको निरन्तर संवाद र बहसपछि  बेइजिङस्थित द ग्रेट हल अफ पिपुलमा चीनका लागि बेलायती राजदूत रिचर्ड इभान्स र चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख झोउ नानबीच सहमति भएको थियो, त्यसपछि यसलाई औपचारिक मान्यता दिन  बेलायत सरकारसँग माग गरियो । 

सहमतिअनुसार चिनियाँ अधिकारीहरु हङकङलाई उच्च रुपमा स्थानीय स्वायत्तता दिन तयार थिए । यसको अर्थ हङकङमा चलिआएको सामाजिक, आर्थिक र कानूनी प्रणाली कायम रहने, तर यस शहरको रक्षा र विदेशी मामिला बेइजिङले हेर्ने भन्ने थियो । 

एक देश, दुुई प्रणाली नामक काल्पनिक सोचलाई यस सम्झौताले व्यवहारिक स्वरुप प्रदान गरेको राजदूत रिचार्डले बताएका थिए । सहमति लगत्तै हङकङका गर्भनर इडवार्ड युुडी विधानसभा काउन्सिलको विशेष बैठकमा सम्बोधन गर्नका लागि पुुगेका थिए । ‘यो हङकङको विकासमा नयाँ चरणको ब्लु प्रिन्ट हो,’ उनले भने । 

अन्तत डिसेम्बर १९८४ मा सहमतिपत्रमा हस्ताक्षर भयो । १ जुलाई १९९७ को मध्यरात भव्य समारोहबीच चीन सरकारलाई हङकङ हस्तान्तरण गरियो । यसपछि राजकुमार चाल्र्स र हङकङका २८ औं तथा अन्तिम गर्भनर क्रिस पेट्टेन हङकङबाट फर्किए । हङकङ जनगणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र हो, यहाँ मेनल्यान्ड चीनभन्दा फरक कानून, अलग सांसद् र सरकार, छुुट्टै मुद्रा, छुुट्टै पासपोर्ट र नागरिक, अलग झन्डा, भाषा र अलग प्रहरी छन् । विदेशमा सांस्कृतिक तथा व्यापारीक कार्यालय खोल्ने अधिकारसमेत हङकङलाई छ । 

अन्य घटनाक्रम 
१९६०– अमेरिकामा पहिलोपटक राष्ट्रपतिका उम्मेदवारबीच टेलिभिजन बहस, यतिबेला रिपब्लिकनबाट रिचर्ड निक्सन र डेमोक्रेटिकबाट जोन एफ केन्नडी राष्ट्रपतिका उम्मेदवार थिए । 
१९९७– सेन्ट्रल इटलीमा भूकम्प जाँदा १० जनाको मृत्यु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप