शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपचारको क्रममा वडाध्यक्षको निधन

शनिबार, १० असोज २०७७, ११ : २९
शनिबार, १० असोज २०७७

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । 

उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । 

दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । 

यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप