शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त

शनिबार, १० असोज २०७७, ११ : २७
शनिबार, १० असोज २०७७

डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका रामचन्द्र श्रेष्ठ नगर समिति सदस्यमा नियुक्त भएका छन् । उनी कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को नगर सदस्यमा नियुक्त भएका हुन् ।

गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भएपछि श्रेष्ठलाई उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको हो ।

उक्त पद २ वर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना समयअवधि सम्म काम गर्नु पर्नेछ ।

नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० वर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।

श्रेष्ठले आफूलाई गरिएकोमा धन्यवाद दिँदै नेपाल र नेपालीको नाम सदैव उच्च राख्ने बताए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप