शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन लघुवित्त संस्था मर्जरमा जान सहमत

शनिबार, १० असोज २०७७, १२ : ३१
शनिबार, १० असोज २०७७

काठमाडौं । तीनवटा लघुवित्त संस्थाहरु मर्जरका लागि सहमत भएका छन् । आरम्भ चौतारी लघुवित्त, सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जरमा जाने सहमति भएको हो । 
आरम्भ चौतारी हाल दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनी हो भने सीवाईसी र शालिग्राम लघुवित्त आईपीओ जारी हुन बाँकी संस्था हो । बाँकी संस्थाको आईपीओका लागि छुट्याइएको पुँजी मर्जरपछि एफपीओ जारी गरेर वितरण गर्ने सहमति समेत भएको छ । 

शुक्रबार बागलुङको सीवाईसी लघुवित्तको केन्द्रीय कार्यालयमा आयोजित छलफलमा मर्जरमा जाने सहमति जुटेको आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले जानकारी दिए । सहमतिपत्रमा आरम्भ चौतारीबाट अध्यक्ष, पोखरेल, सीवाईसीबाट अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामबाट अध्यक्ष कृष्णबहादुर थापाले हस्ताक्षर गरेका छन् । 
आरम्भ चौतारी र सीवाईसी राष्ट्रिय स्तरका लघुवित्त संस्था हुन् भने शालिग्राम प्रादेशिक स्तरको लघुवित्त संस्था हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप