शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्न माइतीघर पुगेकाहरु पक्राउ (तस्बिरहरु)

शनिबार, १० असोज २०७७, १३ : ०२
शनिबार, १० असोज २०७७

काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न मागहरु राख्दै १९ औँ पटककझ अनसन बसिरहेका डा गोविन्द केसीका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ।  उनको माग पूरा गर्न दवाव दिने उद्देश्यले शनिबार राजधानीको माइतीघरमा प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध र केसीको पक्षमा नाराबाजी गर्दैगर्दा पक्राउ परेका हुन् । 

प्रदर्शन गर्न उत्रनसाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। जुम्लाबाट अनसन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएपछि पनि अनसनलाई निरन्तरता दिएका छन् । उनको स्वपास्थ अवस्था बिग्रिँदै गएको बताइएको छ । 

तस्बिरहरु : सुवास श्रेष्ठ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप