कोरोनाबाट थप एक सैनिकको मृत्यु, सेनामा कोरोना संक्रमितको संख्या २,१९७ पुग्यो
शनिबार, १० असोज २०७७, १३ : १८
काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उनमा छारे रोगको लक्षण देखिए पश्चात असोज ६ गते आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरिएको थियो भने असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो ।
यस सँगै नेपाली सेनामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको कुल संख्या २,१९७ रहेको छ भने निको हुनेको संख्या ५३९ र सक्रिय संक्रमित १,६५६ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा