बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

६० जना रक्तदाताले गरे रक्तदान

शनिबार, १० असोज २०७७, १३ : ३९
शनिबार, १० असोज २०७७

काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका छन् । 
शनिबार विहान नेकपा मुख्यालय धुम्वाराहीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दुरी कायम गरी रक्तदान गरिएको आयोजकहरुले बताएका छन् ।

अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए । कोभिड-१९ को महामारीका कारण रक्तसञ्चार सेवामा रगतको अभाव महसुस गर्न थालिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियूका काठमाडौं जिल्ला संयोजक कृष्ण थापाले जनाए ।

रक्तदान कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , सुरेन्द्र बस्नेत , उत्तम अधिकारी , इन्द्र भुषाल, सुदेश पराजुली , आरती लामा , पवन कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियोे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप