मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

शनिबार, १० असोज २०७७, १४ : ११
शनिबार, १० असोज २०७७

रुपन्देहीमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । तिनाउ नदीमा आएको बाढीले बगाउँदा बुटवलमा एक महिलाको ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले दिएको जानकारी अनुसार  बुटवल उपमहानगरपालिका–१२ दुर्गानगरकी४० वर्षीया विष्णु राईकोे बुटवल १५,चंकीपुरमा दानव नदीमा शव फेला परेको हो ।

त्यस्तै गत असोज ७ गतेदेखि हराएका तिलोत्तमा–२ का २९ वर्षीय राजेन्द्र पौडेलको पनि तिलोत्तमा २ स्थित तपाहा नहरमा शव फेला परेको छ । मोटरसाइकलबाट खसेर पानीमा डुबेको अवस्थामा हेल्मेटसहित शव भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप