मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट फर्किएका एक जनाको मृत्यु, कोरोना रिपोर्ट पोजेटिभ

शनिबार, १० असोज २०७७, १४ : २५
शनिबार, १० असोज २०७७

कैलाली । बैतडीमा मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बैतडीको पुर्चौडी नगरपालिका ३ का ३१ वर्षीय पुरुषको मृत्यु भएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो । 
 भारतको बैङ्लोरबाट  घर फर्किएका  उनी शुक्रबार पुर्चौडी नगरपालिका १ मा  मृत भेटिएका थिए ।  मृत्युपछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 
  भारतबाट घर फर्कने क्रममा उनको बाटोमा नै मृत्यु भएको र कोरोना चेकजाँच गर्दा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका  फोकल पर्सन भुवन जोशीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप