बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दम्पती नै लागु औषधसहित पक्राउ

शनिबार, १० असोज २०७७, १५ : ०५
शनिबार, १० असोज २०७७

काठमाडौं । उदयरपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागु औषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी घर भएका ३१ वर्षीय प्रवेश मियाँ उर्फ पिके र २६ वर्षीया हजारुम खातुन छन् । उनीहरु श्रीमान–श्रीमाती हुन् ।

उनीहरुको साथबाट प्रहरीले लागु औषध फेनारगन ६० एम्पुल, डाइजेपाम ६० एम्पुल र लुपिजेसिक ६० एम्पुल बरामद गरेको छ ।

मियाँ दम्पतीले भारतबाट नेपालमा बेचबिखन गर्न सो लागु औषध सेट ल्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप