शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालन

शनिबार, १० असोज २०७७, १६ : १४
शनिबार, १० असोज २०७७

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका जिल्लाका केही विद्यालयले स्वास्थ्य मापदण्ड पालना गर्दै कक्षा सञ्चालन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।

वैकल्पिक शिक्षण विधिको सम्भावना नरहेका विद्यालयले स्वास्थ्य मापदण्डको पालना गर्दै पठनपाठन शुरु गरेका हुन् ।  जिल्लाका विभिन्न स्थानीय तहमा केही विद्यालयले कक्षा ६ देखिमाथिको पठनपाठन शुरु गरेको शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार अन्य वैकल्पिक विधिबाट पठनपाठन गर्न सम्भव नभएका स्थानका केही विद्यालयले पठनपाठन शुरु गरेका हुन् ।

अनलाइन कक्षाको सम्भावना नभएका स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन भएका हुन् । “बजार क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा कोरोनाको जोखिमसमेत कम भएको हुँदा त्यस्ता ठाउँका केही विद्यालयले पठनपाठन शुरु गरेका छन्”, एकाइ प्रमुख पोखरेलले भने,“ती स्थानमा अन्य वैकल्पिक विधिबाट पढाउने अवस्था पनि नभएपछि विद्यालयमै पठनपाठन शुरु गरेका छन् ।  जिल्लामा सामुदायिक ३१२ र संस्थागत ९३ विद्यालय छन् ।

पठनपाठनशुरु गरेको शान्ति निकुञ्ज माध्यामिक विद्यालय कावासोतीका प्रधानाध्यापक हरि न्यौपानेका अनुसार कक्षा ६ देखि माथिका कक्षा सञ्चालन गरिएको छ । साना बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गराउन असहज हुने भएपछि ६ कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिएको छ ।कक्षा ६, ८ र १० का विद्यार्थी  आइतबार, मङ्गलबार र बिहीबार विद्यालय आउँछन् । कक्षा ७, ९ र १२ का विद्यार्थी सोमबार, बुधबार र शुक्रबार आउँछन्  । कक्षा ११ को भने पठनपाठन शुरु नगरिएको उनले जानकारी दिए।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप