मोबाइलको टावर टिप्न रुख चढ्नुपर्ने !
म्याग्दीको भौगोलिकरूपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोला, धवलागिरि गाउँपालिकाको लुलाङ, मल्कवाङ र बगरमा सरकारी स्वामित्वको नेपाल टेलिकम र एनसेललगायत निजी कम्पनीले मोबाइल सेवा विस्तार गरेका छैनन् ।
स्थानीयवासीहरु मोबाइलमा कुरा गर्नका लागि घण्टौँ पैदल हिँडेर छिमेकी गाउँ, डाँडा र रुख चढ्ने गरेका छन् । महत्वपूर्ण सूचनाआदानप्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै रुखमा चढ्ने गरेको रघुगङ्गा गाउँपालिका–८ चौरखानीका चन्द्रमान छन्त्यालले गुनासो गरे ।
सडक यातायात, केन्द्रीय प्रसारण लाइनको विद्युत्को सुविधा नपुगेको दुर्गम क्षेत्रमा टेलिकमले जडान गरेको भिस्याट प्रविधिको टेलिफोन प्रयोगविहीन छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ ।
एक लाख १३ हजार जनसङ्ख्या भएको जिल्लामा ९० हजार ३१७ थान सिम वितरण गरी ८० प्रतिशत नागरिकमा मोबाइल फोनको पहुँच विस्तार गरेको नेपाल टेलिकमको दाबी छ । तर ग्रामीण क्षेत्रमा सूचना प्रवाह गराउन अझै टोलटोलमा परम्परागत कटुवाल प्रथाको सहारा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।
म्याग्दीमा टेलिकमका २६ मोबाइल, पाँच ल्याण्डलाइन र चार वाइम्यास गरेर ३५ वटा बिटिएस टावर छन् । विद्युत् सुविधा नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरेर सञ्चालित टावरले घाम लाग्दामात्रै चल्ने र हावाहुरी, चट्याङ,वर्षात्को समयमा अवरुद्ध हुने गरेको छ । सञ्चार सेवा भरपर्दो नहुँदा स्थानीय तह, वडा, बैंक तथा वित्तीय संस्थाको सेवा प्रवाह र काम कारवाहीमा कठिनाइ भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिए ।
कुइनेमङ्गले र चिमखोलामा मोबाइल सेवा विस्तारका लागि टावर जडान गर्न ठेक्का लगाएको टेलिकमका प्रमुख विष्णुदेव शाहले बताए । धवलागिरिको लुलाङ, बगर र मालिकाको दरवाङमा नयाँबिटिएस स्थापना तथा बेनीमा तामाको तार हटाउन लागेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी