शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपिका पादुकोणले ‘ड्रग्स च्याट’ स्विकारिन्, सारा–श्रद्धाद्वारा ड्रग्स सेवन नगरेको दाबी

आइतबार, ११ असोज २०७७, ०६ : ५९
आइतबार, ११ असोज २०७७

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको बलिउड ड्रग कनेक्सनमा शनिबार बलिउडको सबैभन्दा ठूलो पेशी भए । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोणसँग पाँच घण्टा, श्रद्धा कपुरसँग ६ घण्टा र सारा अली खानसँग पाँच घण्टा सोधपुछ गर्यो । स्रोतका अनुसार सारा र श्रद्धाले ड्रग्स सेवनको कुरा अस्विकार गरे ।

एनसीबीले दीपिका र उनकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गर्दा दुबैले सन् २०१७ मा अक्टोबरमा ठ्रग्स च्याटको कुरा स्विकार त गरे तर दुबैले सिधा जवाफ नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

 यो च्याटमा दुबैले ड्रग्सबारे चर्चा गरिरहेका थिए र क्लब कोकोमा भेट्ने योजना बनाएका थिए । एनसीबीले यसकै लागि सोधपुछ गरेको थियो । उता श्रद्धा कपुर र सारा अली खानसँग एनसीबीको बेलार्ड एस्टेटस्थित अफिसमा सोधपुछ गरिएको थियो ।

स्रोतका अनुसार दीपिकालाई सुरुमा नै उनीमाथि लागेको आरोपबारे प्रश्न सोधिएको थियो । डेटा ब्याकअपका लागि दीपिकाका दुईवटा मोबाइल पनि लिइए । उनलाई यसबारे कोही संदिग्ध वा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनलाई तीन चरणमा सोधपुछ गरिने जसका लागि ३–४ राउन्ड पनि हुनसक्ने जानकारी गराइयो ।

एनबीसी अधिकारीले करन जोहरको पार्टीलाई दिए क्लिच चिटः

सुशान्त सिंह राजपूतको मृत्युपछि लगातार विवादमा घेरिएका करन जोहरले राहत पाएका छन् । गत वर्ष उनको घरमा पार्टी भएको थियो । त्यसमा विकी कौशल, दीपिका पादुकोण आदि कलाकारमाथि ड्रग्स लिएको आरोप लागेको थियो । शनिबार बेलुका एनसीबीका अधिकारीले त्यो भिडियोलाई क्लिन चीन दिए । एनबीसी अधिकारी अशोक जैनले उक्त भिडियोको सम्बन्ध यो मुद्दासँग नभएको जानकारी दिँदै यो भिडियोको अनुसन्धान नहुने बताए ।

एनसीबीले भने, ‘ड्रग्स केसमा अहिलेसम्म १८ जना पक्राउ गरिएको छ । शनिबार करिश्मा प्रकाश, सारा अली खान, दीपिका पादुकोण र श्रद्धा कपुरको बयान दर्ता गरियो । क्षितिज प्रसादलाई पक्राउ गरियो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप