शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहित जीवनलाई कसरी बनाउने रोमाञ्चक ? यस्ता छन् विज्ञका पाँच सल्लाह

आइतबार, ११ असोज २०७७, ०८ : २८
आइतबार, ११ असोज २०७७

हरेक विवाहित सम्बन्धमा स–साना समस्या हुनु भनेको साधारण हो तर यदि यी स–साना समस्या समय हुँदा नै हल गरिएन भने यसले विकराल रुप लिन बेर लगाउँदैन । धेरैजसो मानिसहरु आफ्नो नीजि जीवनबारे खुलेर कुरा गर्नबाट बच्छन् । यी समस्यालाई टाढा राख्नका लागि रिलेशनशिप एक्सपर्टका केही सल्लाह मानिसहरुलाई काम लाग्न सक्छ । आउनुहोस् यसबारे जानकारी लिऔं ।

सधैं कुरा गर्नुहोस्ः

कुनै पनि समस्यालाई हल गर्ने पहिलो पहल कुराकानीमार्फत् हुन्छ । यदि तपाईं आफ्नो पार्टनरसँग यस्ता मुद्दाबारे खुल्ला रुपमा कुरा गर्नुहुन्नँ भने समस्याको कहिले पनि हल निस्कँदैन । कुराकानीमार्फत् नै तपाईं आफ्नो पार्टनरको भावना बुझ्न सक्नुहुन्छ र आफ्नो भावना बुझाउन सक्नुहुन्छ । सम्बन्धमा समस्या त्यतिबेला आउँछ जब जोडी आपसमा कुराकानी गर्न बन्द गरिदिन्छन् ।

मुद्दालाई ठूलो नबनाउनुहोस्ः

कुनै पनि जोडीमा स–साना मनमुटाव साधारण हुन् । स्वस्थ सम्बन्धका लागि यो आवश्यक पनि छ तर एउटै मुद्दामा पटक पटक झगडा गर्दा त्यो ठूलो हुन्छछ र त्यसपछि सम्बन्धमा दरार आउन थाल्छ । कुनै कुराको लागि तपाईंहरु दुबैको दृष्टिकोण फरक हुनसक्छ । पार्टनरको विचारलाई नजरअन्दाज गर्नुको साटो त्यसलाई बुझ्ने कोसिस गर्नुहोस् ।

मिलिजुली गर्नुहोस् घरको कामः

कपडा धुनु, भाँडा माझ्नु, सर–सफाई गर्नुजस्ता काममा आफ्नो पार्टनरलाई सहयोग गर्नुृहोस् । जब तपाईं दुबै घरमा हुनुहुन्छ भने आ–आफ्नो काम बाँड्नुहोस् । यसो गर्दा कसैमाथि पनि कामको भार बढि पर्नेछैन र तपाईंहरु एक–अर्काको नजिक पनि आउनुहुनेछ ।

एक–अर्काको तारिफ गर्नुहोस्ः

सबैलाई आफ्नो पार्टनरले तारिफ गरिदिउन् भन्ने आशा हुन्छ । एक–अर्काको तारिफ गर्दा तपाईंहरु दुबै सधैं एक–अर्काप्रति सकारात्मक हुनुहुनेछ । यसो गर्दा स–साना समस्या नजरअन्दाज गर्ने बानी पनि पर्छ ।

एक–अर्कालाई प्राथमिकता दिनुहोस्ः

पार्टनरबाट आफ्नो लागि मात्रै आशा नराख्नुहोस्, जति तपाईंले आफूलाई प्राथमिकता दिनुहुन्छ नि त्यति नै आफ्नो पार्टनरलाई पनि दिनुहोस् । तपाईंहरुको विचार एकै किसिमको हुनुपर्छ भन्ने छैन तर अलग–अलग पिचारको सम्मान गर्न पनि आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप