बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोधपुछ भइराख्दा दीपिका तीनपटक रोइन्ः अधिकारीले हात जोडेर भने, ‘रुनुको साटो वास्तविकता बताउनुहोस्’

आइतबार, ११ असोज २०७७, १० : १०
आइतबार, ११ असोज २०७७

शनिबारको दिन बलिउडका तीन अभिनेत्रीका लागि निकै भारी रह्यो । एकातिर नारर्कोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले एक्सन मोडमा दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गर्यो भने अर्कोतर्फ दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गर्यो ।

भारतीय मिडियाले आफ्नो एक समाचारमा सोधपुछका क्रममा दीपिका तीनपटक रोएको बताएको छ ।

एनसीबी अधिकारीले दीपिकालाई हातै जोडेः

स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सवाल जवाफ भइरहेका बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’

एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ । दीपिकाको लागुऔषध कारोबारीसँग कस्तो किसिमको सम्पर्क थियो भनेर पनि जान्ने कोसिस हुनेछ ।

यद्यपि, दीपिकाले आफूले ड्रग्सको सेवन गरेको भन्ने आरोप ठाडै अस्विकार गरेकी छिन् । उनले ड्रग्स ओसारपसार गरेको आरोप पनि अस्विकार गरेकी छिन् । यस्तोमा उनको मोबाइलबाट केही सुराग भेटिने अनुमान गरिएको छ ।

दीपिकाको स्विकारोक्तिः

साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप