बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छोरी जन्मँदा बुवाको उमेर ७४ हप्तासम्म बढ्ने अनुसन्धानको निष्कर्ष

आइतबार, ११ असोज २०७७, ११ : १४
आइतबार, ११ असोज २०७७

छोरीहरुले यो संसारमा जति खुसी निम्त्याउँछन्, उनीहरुले आफ्नो पिताको आयु बढाउन समेत भूमिका खेलेका हुन्छन् । यो कुरा भावना बगेर भनिएको कुरा होइन, अनुसन्धानको निष्कर्ष हो ।  एक अनुसन्धानका अनुसार छोरी नभएका बुवाभन्दा छोरी भएका बुवा बढी बाँच्छन् ।

सन्तान जन्मिँदा बुवामा कस्तो असर पर्छ भन्ने विषयमा खासै अध्ययन पाइँदैन, तसर्थ ज्यागेलोनियन विश्वविद्यालयका अनुसन्धाताले यसबारे गहिरो अध्ययन गरेका छन् । अनुसन्धानका लागि २,१४७ आमासहित कूल ४,३१० जनाको डाटा अनुसन्धान गरियो ।

उक्त अनुसन्धानलाई केलाउँदा अनुसन्धाताले सन्तानको संख्या वा छोराहरुले आफ्नो बुवाको उमेरमा खासै केही प्रभाव नपारेको तथ्य पत्ता लगाए । यता छोरीहरुको संख्या भने बुवाको लामो आयुसँग सम्बन्धित भेटियो ।

उक्त अनुसन्धानले दाबी गरिए अनुसार छोरीहरु भएका बुवा धेरै वर्षसम्म बाँच्छन्, जति धेरै छोरी छन् त्यति नै धेरै बाँच्छन् । किटान गरेर भन्नुपर्दा एउटी छोरीले पिताको कूल आयुमा ७४ हप्ता आयु थपिदिने गर्छिन् । यो खबर प्रत्येक पिताका लागि सुखद भएपनि आमाका लागि भने यो डाटाले खासै राम्रो सन्देश ल्याउँदैन ।

अमेरिकन जर्नल अफ ह्यूमन बायोलोजीमा प्रकाशित एक अनुसन्धानका अनुसार दुबै छोरा र छोरीले आमाको स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछन् जसका कारण उनीहरुको आयु घट्ने गर्छ ।

अर्का विज्ञले हालै प्रकाशित गरेको एक अनुसन्धानमा जो महिला लामो समयका लागि एक्लै बस्छन्, उनीहरु खुसी हुने निष्कर्ष निकालेका छन् ।

यस्तै अमेरिकन साइकोलोजिकल असोसिएशन जर्नल बिहेवियरल न्यूरो साइन्समा प्रकाशित अनुसन्धानका अनुसार जब छोरी आफ्ना पितासँग हुन्छिन् तब पिताको ब्रेन सिग्नल छोरासँग हुँदाभन्दा निकै भिन्न हुन्छ । छोरीको स–साना कुराले उनीहरुलाई खुसी दिन्छ र उनीहरुले आफूलाई छोरीप्रति बढि जिम्मेवार पाउने गर्छन् । पिताले छोरासँग भन्दा छोरीसँग आफ्नो भावना राम्रोसँग व्यक्त गर्न सक्छन् ।

यद्यपि, यो अनुसन्धानको ठिक विपरित अर्को एक अनुसन्धानका अनुसार छोरा वा छोरी दुबैले आमा–बुवाको आयु बढाउने गर्छ । पछिल्लो १४ वर्षदेखि संकलन गरिएको डाटाको अनुसन्धान गर्दा  अनुसन्धाताले छोरा–छोरी नभएको जोडीभन्दा सन्तान भएका जोडी धेरै वर्षसम्म बाँच्ने तथ्य फेला पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप