बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

आइतबार, ११ असोज २०७७, ११ : १६
आइतबार, ११ असोज २०७७

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप  २१ जना नेपालीको मृत्यु भएको छ ।  
 
गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी यो साता २१ नेपालीको मृत्यु भएका हो । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ । 
 
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना भाइरसबाट संक्रमति भएका छन् ।  
ती मध्ये ३५ हजार ७८ जना कोरोना  संक्रमण मुक्त भएका छन् । यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो ।  
समितिका संयोजक डा संजीव सापकोटाले यो साता पोर्चुगल,बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको बताए ।   
 
यसैबीच गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोना सर्छ भन्दै विभिन्न सामाजिक सञ्जालमार्फत आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पारेको छ । समितिका संयोजक डा संजीव सापकोटाले भने,  ‘दुई मिटरसम्मको दुरीमा एक अर्काका कोरोना भाइरस गर्दैन। कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भवना निकै कम हुन्छ ।’ स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउनआग्रह गरेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप