शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङमा झण्डै १ लाखसहित १३ जुवाडे पक्राउ

आइतबार, ११ असोज २०७७, १३ : १५
आइतबार, ११ असोज २०७७

दाङ । दाडको तुलसीपुरमा झन्डै १ लाख नगदसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो । प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी शिवबहादुर सिंहकाअनुसार  तुलसीपुर ६ स्थित भुयारथान बस्ने कुमार सुनारको घरबाट उनीहरुलाई नगद ९८ हजार ९ सय ५० रुपैया सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका २८ वर्षीय रोशन बुढाथोकी,४३ वर्षीय भरत बिक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढामगर, वडा नम्वर ७ बस्ने ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नम्वर ८ बस्ने ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय मालबहादुर वली, सोही उपमहानगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय केशव डांगी ,वडा नम्वर ११ बस्ने २६ वर्षीय अर्जुन पुन, बाँके कोहलपुर नगरपालिका १० बस्ने ६० वर्षीय धर्मराज बुढाथोकी र सोही नगरपालिका ८ बस्ने ४० वर्षीय दिपक वली रहेका छन् ।

उनीहरुको साथबाट नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको ३ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रकाउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप