बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हामी आतङ्कवादी होइनौँ, मात्र दाल भात खान देऊ’

आइतबार, ११ असोज २०७७, १३ : ४१
आइतबार, ११ असोज २०७७

आज विश्व पर्यटन दिवस । कोरोनाभाइरसको महामारीका कारण मारमा परेका पर्यटन मजदुरहरु सडकमा उत्रिएका छन् । पर्यटन व्यावसायी मजदुरहरुको अधिकार अस्तित्व सुरक्षित गर्न माग गर्दै पर्यटन मजदुर संघर्ष समितिले राजधानीमा प्रदर्शन गरेका हुन् ।

कोरोनाभाइरसको कारण नेपालको पर्यटन क्षेत्र यतिबेला थलिएको छ । लामो समयको बन्दाबन्दीका कारण पर्यटन क्षेत्र ठप्प छ । पर्यटन मजदुरहरुलाई दुई छाक खानाकै जोहो गर्न समस्या रहेको छ । सडकमा उत्रिएका मजदुरहरुले दुई छाक खानाको लागि काम गर्ने वातावरण तयार गरिदिन सरकारसँग माग गरेका छन् ।

हेरौँ तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप