शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक

आइतबार, ११ असोज २०७७, १५ : २५
आइतबार, ११ असोज २०७७

काठमाडौं । गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले  निर्माण गरेको छोटो फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण समाजमा देखिएको बेरोजगारी समस्या फिल्मले देखाउन खोजेको छ । 

फिल्म रोमियो एन के (नितिन)ले निर्देशन गरेका हुन् । फिल्ममा गान्धिभ सुवेदी, मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा ,रोमियो एन.के बाल कलाकारको रुपमा लक्क्ष कर्ण रहेका छन् ।

फिल्मको छायाँकन तथा सम्पादन दीपक अधिकारीले गरेका हुन् । फिल्म सामाजिक दुरी कायम गर्दै ग्वार्को इमाडोलस्थित आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट साथै आसपासका क्षेत्रमा छायाँकन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप