मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जेब्रा प्रिन्ट ड्रेसमा बोल्ड मोनालिसा

आइतबार, ११ असोज २०७७, १७ : २२
आइतबार, ११ असोज २०७७

मुम्बई । अभिनेत्री मोनालिसा ब्यवसायिक जीवनभन्दा पनि ब्यक्तिगत जीवनका कारण चर्चामा छाउने गर्दछिन् । उनको सोसल मिडियामा समेत धेरै फ्यान रहेका छन् । त्यसैले पनि उनी अक्सर आफ्नो नयाँ–नयाँ लुक्सका तस्बिर सामाजिक सञ्जालबाट शेयर गर्ने गर्दछिन् । जसलाई फ्यानले तारिफका बर्षा गराउने गर्दछन् ।

हालै उनले केही बोल्ड अन्दाजका तस्बिर इन्टरनेटमार्फत शेयर गरेकी छन् । जसलाई फ्यानले निकै मनपराई रहेका छन् । लुक्सको कुरा गर्ने हो भने उनी अभिनेत्री जेब्रा प्रिन्ट ड्रेसमा देखिएकी छन् । न्युड मेकअपमा पफ स्टाइलसहित ओपन हेयर्समा उनले केही तस्बिरका पोज समेत दिएकी छन् । हरेक पोजमा उनी बोल्ड देखिएकी छन् ।

कामको कुरा गर्ने हो भने मोनालिसा भोजपुरी, हिन्दी फिल्मको अलवा सिरियलमा समेत चर्चित छिन् । उनी ‘मनी है तो हनी है’, ‘सरकार राज’,‘गंगा पुत्र’ र ‘काफिला‘ जस्ता बलिउडमा फिल्ममा देखिएकी छन् । मोनालिसा पछिल्लो समय सिरियल ‘नजर’मा डायनको भूमिकामा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप