शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा ९ जना जुवाडे पक्राउ

आइतबार, ११ असोज २०७७, १७ : ३१
आइतबार, ११ असोज २०७७

कैलाली । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट शनिबार राती ९  जुवाडेलाई पक्राउ गरेको हो ।

बोगटी चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले नगद रु ७५ हजार, २ सय १० र २ गड्डी ताससहित जुवाडेलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप