मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा सशस्त्रको २ वटा बिओपी स्थापना

सोमबार, १२ असोज २०७७, १० : ०५
सोमबार, १२ असोज २०७७

काठमाडौं । चितवनमा सशस्त्र प्रहरी बलको दुईओटा बोर्डअर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

माडी नगरपालिका–१ गर्दि स्थित केदारेश्वर प्राथमिक विद्यालय भवन र माडी–९ स्थित राइडाँडा प्राथमिक विद्यालय भवनमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले बताए । 

मर्ज भएपछि ति विद्यालय भवन खाली थिए । आईतबार सशस्त्र प्रहरी बल बागमती प्रदेश नम्बर–३ गढिमाइ बाहिनीका डिआईजी मन्दिप श्रेष्ठले बिओपी उद्घाटन गरे ।

एकैदिन स्थापना गरिएका दुवै बिओपीमा सशस्त्र प्रहरी निरीक्षकले कमाण्ड समालेका छन् । बिओपी स्थापनासँगै सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस भएको माडीका स्थानीयको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप