बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बडादशैंको लागि सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड

सोमबार, १२ असोज २०७७, ११ : ४४
सोमबार, १२ असोज २०७७

 हिन्दु नेपालीको महान चाड बडादशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।  यो योजना सोमबारदेखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न समेत सकिने छ ।

 यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा रु. ३,००० बराबरको सामान खरिद गर्दा रु. ५०० को निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।
 
सानिमा बकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप